
पढेको कुरालाई ९० प्रतिशतसम्म याद गर्ने तरीका
अमेरिकाको एक National Institute ले धेरै लामो समय देखि learning modality अर्थात पढेको कुरालाई कसरी छिटो भन्दा छिटो सिकाउन सकिन्छ भन्ने कुराको खोज अनुसन्धान गरीरहेको थियो र बर्षौ पछिको उनीहरुको Research को परीणाम धेरै आश्चर्यलाग्दो निस्कियो ।जसबाट मानिसले पढेको कुरा ९० प्रतिशत सम्म सजिलै याद गर्न सक्छ ।सम्पुर्ण प्रक्रिया यसप्रकार रहेको छ :
- प्रवचन विधि (Lecture System)

प्रवचन विधि (Lecture System) बाट हामीले केवल ५ (पाच ) प्रतिशत मात्र पढेको कुराल्लई सम्झिन सक्छौ । तर दुर्भाग्य हाम्रो सम्पूर्ण School तथा College हरुमा केवल यहि ५ % कुरा याद गर्न सिकाइन्छ ।बाकि ९५ % मा ध्यान नै दिईइरहेको छैन ।वैज्ञानिकहरुले पनि यो कुरा प्रमाणित गरीसकेको छ कि यो विधि सिकाउने सबैभन्दा थोत्रो विधि हो र पनि हाम्रो देशको Education System यहि थोत्रो विधिमा नै धेरैआधारीत छ ।त्यसैले तपाई School तथा College मा गएर पढे भन्दैमा तपाई Tooper बन्ने होइन तपाई केवल ५ प्रतिशत कुरा मात्र याद गर्न सक्नुहुन्छ ।त्यसोभए अव त्योभन्दा धेरै ,सजिलै र छिटै सिक्न के गर्ने त ?
- स्व :अध्धयन (Self Study)

अध्धयनले नै यो बताएको छ कि हामीले कलेजमा गएर प्रवचन सुनेर भन्दा आफै स्व:अध्धयन गरेर त्यो भन्दा दुइ गुणा अर्थात १० प्रतिशत छिटो बुझ्न र सिक्न सक्छौ । त्यसैले कलेज जाने र सुन्ने भन्दा पनि उत्तम तपाई हामि आफै घरमै पढेर कलेज धाउनेहरु भन्दा दुई गुणा छिटो बुझ्न र सिक्न सक्छौ ।
- श्रव्य-दृश्य (Audio Visual)

यस विधिमा व्यक्तिले Sound पनि सुन्ने र Picture पनि देख्ने हुनाले व्यक्तिको दिमागले त्यो कुरालाई छिटो सिक्न सक्छ । जस्तै यसको उदाहरणमा Projector ,T.V लाई लिन सकिन्छ ।अहिलेको समयमा नेपालमा भर्खर केहि बिददयालयहरुमा यसको प्रयोग भएको देख्न सकिन्छ । र यस बिधि बाट ३० प्रतिशत सम्म कुरालाई याद गर्न सकिन्छ ।
- प्रदर्शन विधि (Demonstration Method)

यस विधिमा पढेको अर्थात सिकेको कुरालाई तत्कालै Demo मार्फत बिद्यार्थीलाई अझ स्पष्ट पार्न सकिन्छ ।जस्तै विज्ञानमा पढेको कुराल्लई ल्याबमा परीक्षण गर्ने । यस बिधि बाट ४० प्रतिशत सम्म कुरालाई याद गर्न सकिन्छ ।
- छलफल विधि (Discussion Method)

यस बिधि बाट ५० प्रतिशत सम्म कुरालाई याद गर्न सकिन्छ । हामीले पढेको कुरालाई एकअर्कासंग संवाद गर्न अवसर पायौ या संवाद गर्न सक्यौ भने त्यो कुरालाई अझै राम्रोसंग बुझ्ने मौका पाउछौ ।अहिलेको आमावावुले आफ्ना छोराछोरीहरुलाई मोवाईल नचलाऊ ,पढ मोवाईल नचलाऊ पढ भनिरहन्छन ,ताकि आफ्नो छोरा या छोरी नाबिग्रीयोस , पढेर राम्रो मान्छे बनोस भनेर । तर यसो भनिरहनुको सट्टाआफ्नो छोरा या छोरीसंगै पढ्ने र ऊ संग छलफल गर्न लाग्यौ भने हामीले उसलाई पढ पढ भनेर भनिराख्नु नै पर्दैन ।त्यसैले यदि तपाई पनि आफ्नो छोराछोरीले पढोस भन्ने चाहानुहुन्छ भने आजै बाट तपाई पनि ऊ संगै पढ्न सुरु गर्नुहोस र ऊ संग संवाद गर्नुहोस ।
- प्रयोगात्मक विधि (Experiment Method)

यस बिधि बाट ७५ प्रतिशत सम्म कुरालाई याद गर्न सकिन्छ । यसमा हामीले पढेको या सिकेको कुरालाई ब्यबहारमा ल्याउछौ । जस्तै हामीले कुनै कथा पढ्दै छौ भने त्यसको एउटा नाटक नै तयार गर्ने । यदि कुनै कथामा तपाईले एउटा गरीब मान्छे थियो भनेर पढ्नुभएको छ भने त्यसलाई विर्सिन सक्नुहुन्छ तर तपाई फाटेको झुत्रो कपडा लगाएर त्यस कथाको एउटा गरीब पात्रको भूमिका खेल्नु भएको छ भने त्यसलाई जिन्दगीभर भुल्न सक्नुहुन्न । त्यसैले पढेको कुरा याद गर्ने यो एक जबरजस्त विधि हो ।
- सिक्नको लागि सिकाउनु (Teaching for Learning)

यस बिधि बाट ९० प्रतिशत सम्म कुरालाई याद गर्न सकिन्छ ।तर एउटा गजबको कुरा यस विधिबाट केहि Brilliant हरुले १०० प्रतिशत याद गरेर अपवाद पनि गराईदिञ्छन ।यस विधिलाई म सिक्नको लागि सिकाउनु (Teaching for Learning ) नाम दिन चाहान्छु ।जब हामीले ७५ सिकी सकेको हुन्छौ तब हामीले सिक्नकै लागि सिकाउनुतिर लाग्नुपर्छ । हामीले बच्चै देखि सुन्दै आएका छौ कि ज्ञान जति बाड्यो उति बढ्छ भनेर तर यो कुरालाई हामीले कहिले पनि Seriously लिएनौ ।हामीले यो कुरालाई उखान जस्तै एउटा कानले सुन्ने र एउटा कानले उडाउने गर्दै आएका छौ ।अझ हामि त् कस्तो वातावरणमा हुर्कियौ भने मैले सिकाए भने म भन्दा ऊ जान्ने हुन्छ र धेरै नम्बर ल्याउछ ।यस्तै बोक्रे ज्ञानले गर्दा नै हामि माथि उठ्न सकेका छैनौ ।देश बिग्रने कारण नै यहि हो किनकि भोलिको देश आजका यिनै विद्यार्थीको हातमा नै हुन्छ ।त्यसैले आफुले सिक्नको लागि भएपनि अरुलाई सिकाऊ । आफु पनि बनौ र संगै यो राष्ट्र लाई पनि एक कदम अघि लैजानको लागि सहयोग गरौ ।
ArjunMarch 26, 2020 at 10:04 am Reply
Wow
Dhan ThapaApril 3, 2020 at 5:54 pm Reply
Good information